×

वीरगन्ज २९ चैत्र । बिश्वभरी फैलिएको कोरोना भाईरसले त्रास सिर्जना भैइरहेको अवस्थामा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको सहयोगमा राहत वितरण गरेको छ ।

वीरगन्ज महानगर पालिकाको वडा नमबर १ र ३ का अति विपन्न तथा दैनिक ज्याला दारी गरि खाने तथा लकडाउनका कारण घर भित्रै बस्नु परेको कारण धेरैले आनमदनी नभएका घर परिवारलाई दैनिक उपभोग्य वस्तु चामल ७ के.जी, आलु ३ के.जी, दाल १ के.जी, नुन १ के.जी, तेल ५०० ग्राम, गहुको पिठो २ के.जी. लगायतको समाग्री उपलब्ध गराएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताएका छन् ।

सधै ज्याला मज्दुरी गरि खानेलाई फाउण्डेशनले वीरगन्ज महानगरपालिका वडा नम्बर १ र ३ का ६०० विपन्न परिवारलाई खाद्यन्न समाग्री उपलब्ध गराएको छ । राहत वितरणमा फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिन, कोषाध्यक्ष मनोहर साह, सदस्य जितेन्द्र सिंह,धिरज गुप्ता,नगर ईकाइ समिति ३ का अध्यक्ष संदिप केवट, सुल्तान अंसारी, राजु गुप्ता, नेपाल लाईभ इन्सोरेन्सका रोशन कर्ण, नरेन्द्र चौधरी, औरंगजेब अंसारी लगायतको सहभागिता रहेको थियो ।

Back to top