वीरगन्ज २९ चैत । वीरगन्जमा रहेको तीन भारतीयमा कारोना रोग संक्रमणको आसंका गरिएको छ ।रोगका लक्ष्णहरु देखा पर्न थालेपछि वीरगन्जको नारायणी अस्पतालले पठाईएको स्वाब परिक्षणमा तीन भारतीयमा कोरोना पोजेटिभ भएको आशंका, गरिएको छ ।रोगको पुस्टयाइको लागी पुन ः परिक्षण गर्न शनिबार बिहान स्वाब काठमाण्डौँ पठाईइको हो ।
मकवानपुरको हेटौँडामा रहेको कोरना परिक्षण ल्यावमा शुक्रबार गरिएको स्वाब परिक्षणमा तीनैजनामा कारोना रोग पोजेटिफ भएको अशंका गरिएपछि शनिबार पुन परिक्षणको लागी काठमाण्डौँ पठाईने भएको छ । बागमती प्रदेश सरकारले कोरोना परिक्षणको लागि भनेर हेटौँडाको किटजन्य रोग, अनुसन्धान तथा तालिम केन्द्रमा विरगञ्जबाट पठाइएको तीनै स्वाब परिक्षण गर्दा निगेटिभको स्तर भन्दा माथि पाईएको र आफुहरुलाई डाउट भएपछि कन्र्फमेसनको लागि शनिबार काठमाण्डौ लग्न थालेको बागमती प्रदेश प्रयोगशालाका निमित्त निर्देशक नारायण कार्कीले बताए ।
ती स्वाब परिक्षण गर्दा शंका लागेर हामीे आज काठमाण्डौ लैजादैछौ, साँझसम्म रिर्पोट आउने संभावना छ, कार्कीले भने । कोरोना निगेटिभको स्तर भन्दा माथि देखिएको तर पोजेटिभनै भयो भनेर सतप्रतिशत भन्ने अवस्था भने नभएको उनको भनाई थिायो । प्राप्त जानकारी अनुसार ती तिनजना भारतबाट नेपाल आएका मुस्लीम धर्मगुरु रहेका छन् ।
विरगंजको नारायणी अस्पतालको आइशोलेशन वार्डमा बिहिबार दिउसो आफै आएर भर्ना भएका भारत उत्तर प्रदेश घर भएको मुस्लिम धर्म प्रचारक जमातीहरु रहेको बताईएको छ ।
भारतको दिल्लीमा आयोजित मुस्लिम धार्मिक भेलामा सहभागी भइ वीरगन्जको छपकैयामा रहेको मस्जिदमा आएर बसेका उनीहरुलाई ज्वरो रुघाखोकीले च्यापेपछि बिहिबार दिउसो आफै अस्पतालको आइशोलेशनमा आएर भर्ना भएका थिए ।