×

वीरगन्ज २८ चैत । लकडाउनको मारमा परेका जनतालाई सासद यादवले निरन्तर सहयोग गरीरहेको र जनताको मन जित्न सफल भएको देख्न नसक्दा उनका विपक्षीले खेदो खन्ने काम गरीरहेको प्रतिक्रिया पनि आइरहेका छन् । यहाँका नीजि अस्पतालले समान्य ज्वरोका विरामीलाई समेत भर्ना नलिएको अवस्थामा सासद यादवले आफ्नो पहलमा नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि २० वाडैको आइसोलेसनवार्ड निर्माण गराएका छन् ।

आइसोलेसनवार्ड निर्माण गराएदेखि नै उनका विपक्षीहरुले कुनै न कुनै बहानामा समाजिक संजालमार्फत प्रहार गर्दै आएका छन् । उनको मनोबल गिराउन चौतर्फी हमलाको प्रयास गरे तर असफल भएकाहरुले यतिखेर मौका पाएका छन् । कुनै बहाना नपाएपछि सिमावर्ती शहर रक्सौल क्वारेन्टाईनमा बसेका नेपाली जनताको पिरमर्का बुझन गएको देखेपछि एउटा मुद्दा नै बनाएर बिहिबार उनीमाथि ति सबै खनिए ।

सांसदसंग हारेका मध्येका सभासद एवं नेकपाका नेता विचारी यादव र नेकपाकै वीरगन्ज महानगरपालिका नगर अध्यक्ष रहबर अंसारीले सिमापारी क्वारेन्टाइनमा पुगेका सासदसहित सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् । लकडाउनको समयमा प्रजिअबाट लापार्वाही भएको भन्दै यस विषयमा गृह प्रशासनले छानबीन गरी प्रजिअलाई समेत कारवाही गर्न माग समेत गरेका छन् ।

यहाँसम्म नेकपाका यी दुई नेताले आफ्नो केन्द्रीय नेतामार्फत गृह मन्त्रालयमा दबाब दिन लगाएको श्रोतको दावी छ । सांसद यादवले सिमापारीबाट एक जना ब्यपारीलाई गाडिमा बसाएर ल्याएको बिहान सुरुमा बिपक्षीले हल्ला फैलाएका थिए । तर उक्त कुरा निराधार साबित भयो । सांसद यादवले गाडिमा आफू बाहेक २ पत्रकार र एक चालक बाहेक कोही पसेको मात्र प्रमाणित भए राजिनामा दिने चुनौति दिएका थिए । नभए गलत हल्ला फैलाउने उपर कारवाही गर्न उनले माग गरेका थिए । त्यसपछि अफवाफ फैलाउनेहरु मत्थर भएका थिए । दिउँसो भने सांसद यादव समेतलाई क्वारेन्टाइनमा हाल्ने दबाव बनाए ।

वीरगन्जमा लकडाउन भएसम्म सांसद यादवसहित दुईतिन जना नेता बाहेक कोही पनि नेता अगाडि सरेका छैनन् । लकडाउनले जनतालाइ परेको समस्यालाई मध्यनजर गरी सांसद यादवले उनीहरुको सुखदुखमा खटेर दिनरात सहयोग गरीरहेका छन् । नीजि अस्पतालहरुले भारी मिडियाबाजी गरेर आफूले कोरोना संक्रमितको लागि पुरै अस्पतालनै सरकारको जिम्मा दिने प्रतिबद्धता जाहेर गरेका थिए । तर कसैले पनि अस्पताल उपलब्ध गराएन ।

वीरगन्जमा कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने आइसोलेसन वार्ड समेत थिएन । सांसद यादवले नारायणी अस्पतालको आग्रहपछि २४ घण्टाभित्र २० सैयाको आइसुलेशन बनाउँन लगाए । अर्को्तिर समान्य ज्वरो लागेका विरामीलाई समेत वीरगन्जको नेशनल मेडिकल कलेज र नेकपाका नेता रहबर अंसारीले संचालन गरेको गण्डक अस्पतालले उपचार गर्न मानेन । मेडिकल कलेजले रेफर गरेको कलैया २२ का विजय कुशवाहालाई यी अस्पतालले कोरोनाको संक्रमण भएको आरोपमा लगाउँदै उपचार नगरेको कारण उपचारको लागि काठमाण्डौ लैजादै बाटोमा ज्यान समेत गुमाउनु परेको थियो । अन्ततः कुशवाहा कोरोना परीक्षण नेगेटिभ आएको थियो ।

पर्सा जिल्लामा नै कोरोना विशेष अस्पतालको स्थापना र कोरोना भाइरस चेकजाँच किट र ल्याब स्थापनाको माग गर्दै प्रदेश २ मा डेलिकेशन समेत लिएर गए । जसले गर्दा प्रदेश २ को सरकारले यथासिघ्र वीरगन्जमैं सुविधा सम्पन्न कोरोना विशेष अस्पताल निर्माणको लागि प्रक्रिया थालेको छ । दिनरात जनताको सेवामा लागेका सांसद यादवको कार्य देख्न नसक्दा यी नेताहरु उनको आलोचना गर्न भने पछि परेका छैनन् ।

Back to top