वीरगञ्ज, चैत्र २७ – वीरगञ्ज महानगरपालिका वडा न. ८ राहत वितरणमा पक्षपात गरीएका स्थानियले आरोप लगाएका छन् ।
विश्वत्रसित कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि घर जान नपाएका ठेला तथा रिक्सा चालकहरुलाई राहत वितरणमा विभेद गरीएको बताइएको छ ।
वडा न. ८ को वडा कार्यालयले वितरण गरेको राहत वितरणको बेला भोटर लिष्टमा नाम भएका हरुलाई मात्रै राहत वितरण गरिएको रिक्सा चालकले नाम नबताउने शर्तमा बताएका छन् ।
ठेला चालक सरोज गुप्ता लगायत भोट नदिने अन्यलाई राहत वितरण नगरेर रित्तै हात फर्काएको उनको गुनासो छ ।
यस्तो विषम परिस्थितमा पनि गरीब, विपन्न परिवारलाई राहत दिनुको सट्टा उल्टै राहतमा राजनितिक गरेर आफ्ना आसेपासे र पार्टीका कार्यकर्तालाई मात्रै राहत वितरण गर्नु अशोभनिय भएको स्थानियको धारणा छ ।