×

वीरगञ्ज, चैत्र २७ - हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले कोरोना महामारी नियन्त्रणको अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब काटिएको प्रति असन्तुष्टि जनाएका छन् ।

पटेलले फेसबुकमा एउटा पोस्ट लेखदै संकटको यस घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्न नहुने बताएका हुन् । वर्तमान अवस्थामा नेपाली जनताको जीवन रक्षाको लागि दुबै योद्धाको रुपमा कार्य गर्दै आएका छन।हामीले त उहाँहरु लाई सम्मान र प्रोत्साहित गर्नु पर्दछ ।

उनले यस्ता कार्यबाट उनीहरुलाई कर्तव्य पथमा बिचलित पार्ने उल्लेख गरेका छन् ।पटेलले राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदाय सँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुने बताएका छन् ।हाल देशमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार,केन्द्र एवं प्रदेशका सांसदगण,बिदेशी निकाय,मित्र राष्ट्रहरु लगायत अनेकौ उपाय रहेका छन।

कतिपय स्थानीय तहले चिकित्सकको दश दिनको तलब कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।यसको चिकित्सकहरुले विरोध गरेका छन् । त्यस्तै प्रहरी प्रधान कार्यालय नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको छ ।

Back to top