×

वीरगञ्ज, चैत्र २५ - प्रदेश नं. २ को सरकारले कोरोनाभाइरस अर्थात कोभिड-१९ रोकथाम र नियन्त्रणको लागी गठन गरेको विज्ञहरुको टोलीले आज वीरगञ्जका विभिन्न अस्पतालहरुमा सम्भाव्यता अध्ययन गरेको छ ।

वीरगञ्जमा कोरोनाभाइरसको उपचारका निमित्त विशेष अस्पताल स्थापन गर्ने माग आएपछी प्रदेश सरकारद्वारा गठित चिकित्सक सल्लाहार विज्ञ समुहले मङ्गलबार नगरका विभिन्न अस्पतालमा पुगेर स्थलगत सम्भाव्यता अध्ययन गरेको हो ।

कोरोनाभाइरस उपचारका लागी वीरगञ्जबाट शोमबार प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी र नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर वीरगञ्जमा कोरोनाभाइरस उपचारका लागी विशेष अस्पताल स्थापन गर्न माग गरेका थिए ।

विज्ञहरुको टोलीले वीरगञ्जस्थित नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर हस्पिटल, नेसनल ट्रेडिङ्ग र कृषी ज्ञान केन्द्रमा कोरोनाभाइरसका लागी विशेष अस्पताल स्थापन गर्न सम्भाव्यता अध्ययन गरेको छ ।

सांसद प्रदीप यादवको अगुवाईमा गएको अध्ययन टोलीले वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर हालका लागि कोरोनाको विशेष अस्पताल बनाउन सकिने सुझाव दिएको छ ।

‘अध्ययन टोलीका सदस्यहरुले हालका लागि वीरगन्जको बहुअरी गण्डक नजिकै रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर कोरोनाको विशेष बनाउन सकिने बताएका छन,' सांसाद यादवले भने, ‘तर अहिले निश्चित भने भइसकेको छैन, अध्ययन टोलीले प्रतिवेदन बुझाएपछी यसको टुङ्गो लाग्ने हो तर केहि दिन भित्रै कोरोना उपचारका लागी विशेष अस्पताल तयार हुन्छ ।’

सम्भाव्यता अध्ययन गर्ने टोलीमा सुरेन्द्र यादव, विजय सिंह, राम एकबार साह, नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय, प्रदेश सासदहरू जनत अंसारी, सिंहासन साह तलवार, मुख्यमन्त्री लालबाबु राउतका निजी सचिव दिपक यादव, समाजबादी पारीका जिल्ला अधयक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, वीरगञ्ज माहानगर कमिटिका अधयक्ष ईश्वर यादव, नेता सुन्दर कुर्मीलगयातको सहभागिता थियो ।

सांसद यादवद्वारा पीपीई सेट हस्तान्तरण

त्यसैगरी सांसाद यादवले प्रदेश सरकारले उपलब्ध गराएको ५५ थान पीपीई सेट, एन ९५ मास्क, पञ्जा र अन्य स्वास्थ्य सामग्री नारायणी अस्पताललाई मङ्गलबार हस्तान्तरण समेत गरेका छन् ।

चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रदेश सरकारले मध्य तराईका विभिन्न जिल्लाहरुको प्रमुख स्वास्थ्य केन्द्रको रुपमा रहेको नारायणी अस्पताललाई सांसद यादवले हस्तान्तरण गरेका हुन ।

स्वास्थ्य समगरिको कमिले आईसोलेसन र क्वारेनटाइनमा रहेका संकास्पद विरामीहरुको उपचारमा समस्या आएको देखेर प्रदेश सरकारसँग विशेष आग्रह गरेर सामग्री उपलब्ध गराएको सांसद यादवका स्वकीय सचीव निखिल बरनवालले बताए ।

Back to top