×

वीरगन्ज २२ चैत । स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ। यी महिला यस अघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

Back to top