वीरगञ्ज २२ चैत्र । वीरगन्ज नगरपालिकाको वडा नं. १० बौधीमाई टोल सेवा समितिले ३ दिन देखि राहत वितरण गरिएको छ ।
स्थानिय २०-२५ जना युवाद्वारा संकलित चामल, दाल, आलु, नुन लगायतका सामग्री राहत सवरुप वितरण गरिएको हो ।
स्थानिय युवा राजु रुगटा, पवन सिस्का, गौतम जी, दिपक सर्राफ र संतोष सर्राफ लगायतका युवाहरुले खाद्यान्न सामग्री संकलन गरि वितरण गरेका हुन् ।
प्रति घर चामल १ किलो, आलु, दाल, नुन चाउचाउ वितरण गरिएको स्थानियले वताए । बिश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले गरेको लकडाउनमा भोकै बस्ने अवस्था भएकालाई खाद्यानन्न सामग्री वितरण गरिएको सर्राफले वताए ।