वीरगञ्ज चैत २१ - वीरगञ्जका दुईजनामा गरिएको परिक्षणमा कोरोना भाइरसको संक्रमण नेगेटिभ भेटिएको छ । दुईजनाको थ्रोट स्वाब परिक्षणकोलागि काठमाण्डौ पठाइएको थियो ।
कोरोना संक्रमणको आशंकामा पर्साको ठोरी गाउँपालिका–२ बाट वीरगञ्ज ल्याइएका युवक र उनको भाइको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । चैत १८ गते राति अस्पताल आइपुगेका उनीहरुलाई प्रारम्भिक जाँचपछि आईसोलेसनमा राखिएको छ ।
परिक्षणको रिपोर्ट आएको छ नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.मदन उपाध्ययाले भन्नुभयो“रिपोर्ट नेगेटिभ छ ”। यो रिपोर्ट आएसंगै ठोरीका नागरिकले राहत महशुस गरेका छन । रिपोर्ट नेगेटिभ आएपनि उनीहरुको ट्राभल हिस्ट्री हेरिने डा.उपाध्यायले बताउनु भयो । उहाँले यो केशमा रिपोर्ट नेगेटिभ आएपनि सबैले सचेतना अपनाउनु पर्ने र सर्तक हुन समेत उहाँले आग्रह गर्नु भएको छ ।
वीरगञ्जको नारयाणी अस्पतालमा रहेको आइसोलेशन वार्डमा अहिले पनि पाँच जना उपचारकालागि राखिएका छन । त्यसमा पर्साका २ जना अन्य बारा र रौतहटका रहेको डा.उपाध्यायले जानकारी दिनु भयो ।
अस्पतालले आज ३ जनाको गरि ३८ जनाको थ्रोट स्वाब परिक्षणकोलागि केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको उहाँले बताउनु भयो । वीरगञ्जमा रहेका क्वारेन्टाइनमा ४० भन्दा बढी ब्यक्तिहरुलाई राखिएको समेत उहाँले जानकारी दिनु भयो ।