×

वीरगञ्ज चैत्र २१ - वीरगञ्ज महानगरपालिकाको वडा नं १९ बरेवाका जगन प्रसाद यादव, विकाश कुमार यादव, सञ्जय प्रसाद यादव, राजु यादव र सुरेन्द्रप्रसाद यादव बिरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाले उनीहरु बिरुद्ध मुद्धा चलाएको हो । राहत बितरणकालागि नामावली संकलनको क्रममा भएको बिवादमा कुटपीटमा संलग्न पाँच जना बिरुद्ध प्रहरीले सार्वजनीक अपराधको मुद्धा दर्ता गरेको हो ।

वीरगञ्ज महानगरपालिकाले वडास्तरमा सर्वदलीय संयन्त्र बनाएर दैनीक ज्याला गरेर जीवन यापन गर्ने श्रमजीवी नागरिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

राहत वितरणको लागि नाम संकलन गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बरवा टोलमा प्रभू यादव र उपेन्द्र यादव पक्षवीच कुटाकुट भएको थियो । कुटाकुटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेका थियो ।

पक्राउ गरिएका मध्य पाँच जनाविरुद्ध मुद्दा चलाइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिनु भयो ।अन्य दुई जनालाई भने अनुसन्धान पश्चात छाडिएको उहाँले बताउनु भयो।

Back to top