वीरगञ्ज, चैत्र २१ – बुहारी बनाउँछु भन्दै १७ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उप महानगरपालिका वडा नम्बर ९ रामपुर टोलका ४० वर्षीय अब्दुला अन्सारी रहेका छन् ।
अन्सारीलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरि हिरासतमा राखेको छ ।अन्सारीले एक महिना अघि बुहारी बनाउने भनी रौतहट घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।
अन्सारीले आफनो बुहारी बनाउने भनि आफ्नो छोराको फाटो हेराई किशोरीलाई हेर्नको लागि कलैयामा बोलाएका थिए । उनले एक महिना अघि आफनो छोरासित बिहे गराई बुहारी बनाउँछु भनि हेर्न बोलाएर किशोरीलाई होटेलमा लगि जबरजस्तीकरणी गरेको मिश्रले बताए ।
‘छोरासित बिहे गराउँछु भनी हेर्नको लागि किशोरीलाई बोलाएको रहेछ’,मिश्रले भने,‘किशोरीलाई हेर्न बोलाएर होटेलमा लगि जबरजस्तीकरणी गर्यो ।’ जबरजस्तीकरणी भएपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय बारामा जबरजस्तीकरणीकोे उजुरी दिएको उनले जानकारी दिए ।
जबरजस्तीकरणी पश्चात फरार रहेका अन्सारीलाइ पक्राउ गरि प्रहरी हिरसातमा राखिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए ।