वीरगन्ज १८ चैत । लकडाउनले गर्दा धेरै जना बाटोमा अलपत्र रहनु भएका र रोज कमाउने र खाने श्रमिक वर्गका कोईपनि जरूरत मन्दहरुले भोखो रहनु नपरोस् भावनाका साथ सदभाव सेवा समितिका स्वयं सेवक हरुको पहलमा वीरगन्जमा निशुल्क भोजनको व्यवस्था मिलाइएको जानकारी सदभाव सेवाका रमेश जटियाले जानकारी गराउनु भएको छ ।
यस सेवा अन्तर्गत आदर्श नगर मेन रोडमा भोजन सेवा संचालन स्थलबाट र फोन नं ९८५५०२१६५१ मार्फत पनि यो निशुल्क सेवा लिन सक्नु हुनेछ । स्मरण रहोस् कि यस सदभाव सेवाले विगत एक सय साता भन्दा बढी समय देखि हरेक शनिवार लगभग सात सय देखि आठ सय सम्मका जरूरत मन्द हरुलाई निशुल्क रूपमा भोजन उपलब्ध गराउँदै आइरहनु भएको छ ।
लक डाउनले गर्दा उत्पन्न भएको समस्याले गर्दा लकडाउनसम्म यस सेवा लाई दैनिक रूपमा सञ्चालनमा ल्याइएको सदभाव सेवाका रमेश जटियाले जानकारी दिनु भयो ।