×

वीरगञ्ज, चैत्र १५ - वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले महानगर भित्र गरिव असाहय नागरिकलाई उनीहरुकै घर दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नु भएको छ ।

महानगर प्रमुख सरावगीले पूर्व प्रतिवद्धता अनुरुप नै आज शनिवार सीमान्तकृत नागरिकको दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नुृ भएको हो ।

मेयर सरावगीले वीरगञ्ज महानगरपालिकाको वडा नं ३ का १ सय १७ परिवारलाई र वडा नं १२ का ७३ परिवारलाई खाद्य सामाग्री वितरण गर्नुभएको वीरगञ्ज महानगरपालिका कार्यालयले जनाएको छ । खाद्य समाग्रीमा प्रति परिवार साढे २ किलो चामल,आलु दाल,नून ,तेल र चाउचाउको प्याकेट रहेको छ ।

महानगर प्रमुख सरावगीले हिजो शुक्रवार एक सन्देश जारी गरि महानगरवासीलाई घरमै बस्न अपिल गर्दै आवश्यकता भएका सीमान्तकृत नागरिकको घरमै खाद्य समाग्री पठाइने घोषणा गर्नु भएको थयो ।

“खाद्य आवश्यकता भएका सीमान्तकृत नागरिकले सम्बन्धीत वडाध्यक्षलाई आफनो नाम दर्ता गराउनु पर्ने छ । दर्ता अनुसार प्राप्त भएको विवरणको आधारमा वीरगञ्ज महानगरपालिकाले सम्बन्धीत ब्यक्तिको घरदैलोमा खाद्य सामाग्री पु¥याउने छ ” हिजो प्रमुख सरावगीले जारी गर्नु भएको सन्देशमा उल्लेख थियो ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि महानगरले यस्तो कदम उठाएको हो । व्यक्ति-व्यक्ति वीचको सम्पर्कका कारण भाइरसको संक्रमण सर्ने भएकोले नागरिकलाई एक अर्काको सम्पर्कमा जाने अवस्था अन्त्यकालागि महानगरले खाद्य आवश्यकता भएका श्रमजीवी नागरिकलाई घरमै खाद्यन्न पठाउन थालेको हो ।

प्रमुख सरवागीले संक्रमण फैलिन नदिनकालागि महानगरवासीलाई घरमै बस्न आग्रह गर्नु भएको छ । यो बिषम परिस्थितिको बेला हो उहाँले भन्नु भयो दुःख झेलेरै भएपनि कष्ट सहेर भएपनि महामारी बिरुद्धको लडाईमा सबैलाई सचेतता पूर्वक लाग्न समेत उहाँले अपिल गर्दछु ।

Back to top