वीरगन्ज १४ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले अनुगमनको क्रममा कालोबजारी गर्ने एक जना व्यापारीलाई पक्राउ गरेको छ ।
सविक मुल्य भन्दा तेब्बरको भाउमा आलु तथा प्याज प्रति केजी १०० रुपैयाको दरले बिक्री गरी रहेको पाइए पछि बिहिवार वीरगंज म.न.पा.वडा नं.१ छप्कैया वस्ने अन्दाजी ५० बर्षको जगनारायण पटेलले प्रहरीले पक्राउ गरेको हो ।
आलु र प्याज सहित पक्राउ परेका पटेल उपर कालोबजारीको गरेको कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।