×

 

वीरगन्ज ७ चैत्र । समाज एपार्ट र बिपार्ट डायलासिस केमिकल नभएकोले तिन दिनदेखी सेवा बन्द गरिएको नारायणी अस्पतालको डायलासिस सेवा पुन आज बिहानै देखि सुचार गरिएको छ । समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको बिसेष पहलमा बन्द गरिएको डायालासिसी सुचारू गरिएको देखिएको छ ।

अचानक सेवा बन्द हुदा पीड़ित बिरामीहरू अझ पीड़ामाँ परेको भन्दै समाज परिवर्तन नेपालका अध्यक्ष साहले सो कुरालाई लिएर नारायणी अस्पतालका मेशु मदन उपाध्य र पर्साको प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीसंग कुरा औगत गराउदा प्रजिअ कार्किले समस्याको समधान छिटै गर्ने बताउनु भएको थियो ।

सो भनाई अनुसार हिजो राती अबेर सम्म नारायणी अस्पतालमा उक्त केमिकल लयाई फेरी डायलासिस सेवा सुचारू गरिएको नारायणी अस्पतलाइ उदृत गर्दै समाज परिवर्तन नेपालका अध्यक्ष साहले बताउनु भयो । दिनहु १६ देखी १८ जना सम्मका बिरामीहरु डायलासिसको लागि नारायणी अस्पताल पुग्ने गर्छन । हप्तामा दुई पटक गराउनु पर्ने डायलासिस सेवा बन्द हुदा पिडित बिरामीहरु झन पिडामा परेका थीए।

सेवा सुचारू भएको थाह पाउनै साथ निशुल्क डायलासिस गराउन बिरामीहरू आउने गरेको उहाले बताउनु भयो निजी अस्पतालमा एक पटक डायलासिस गराउन रु ५ देखी ८ हजार लाग्ने गर्छ भने सरकारी अस्पतालमा निशुल्क रहको छ ।

Back to top