×

 

वीरगंज, ५ चैत । प्रतिनिधिसभाका सदस्य हरिनारायण रौनियारले आफ्नो क्षेत्रलाई अघि बढाउन निरन्तर विकास निर्माणका योजनाहरुलाई अघि बढाएको बताउनुभएको छ ।

पर्सा क्षेत्र नम्बर तीनबाट निर्वाचित रौनियारले आज आफ्नो क्षेत्रको विभिन्न ठाउँमा पुगेर अनुगमन गर्दै आफ्नो क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरेर विकासका योजना ल्याइरहेको बताउनुभएको हो ।

सखुवाप्रसौनि गाउँपालिकामा जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँगको अन्तक्रियामा समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका उहाँले यस क्षेत्रको विकासका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

साथै उहाँले स्थानीय आवश्यकता पुर्ति हुने हिसाबमा जनता लाभान्वित हुने गरि विकास निर्माणको काम अघि बढाउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य द्वय मोहनलाल चौधरी, सिपु तिवारी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार जैसवाल, उपाध्यक्ष फुलमति देवी चौधरी लगायतको सहभागिता रहेको थियो ।

यस्तै प्रतिनिधिसभाका सदस्य रौनियारले आजै वागवाना गाविसमा पनि पार्टी कार्यकर्तासँग अन्तरक्रिया गर्नुभएको छ । त्यस क्रममा उहाँले विकास निर्माणका कामलाई आफ्नो प्रयासबाट अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

Back to top