×

वीरगञ्ज, चैत ४ – वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया पछी एक २० वर्षीय युवकले नयाँ जीवन पाएका छन् ।

दुर्घटनामा पर्दा मेरुदण्डको नसा च्यापिएर हिड्न नसकेका बारा जिल्लाको बारागढ़ी गाउँपालिकाका २० वर्षीय विकास पासवानको नारायणी वयोधा अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया भएको हो ।दुर्घटनामा परे पछी विकास विगत केहि दिन देखि हिड्न नसक्ने भएका थिए । भारतको बिहारलगयात नेपालका कयौं स्थानमा समेत उपचार गराउँदा चिक्तिसकले उन्को दु:ख कम गर्न सकेका थिएनन ।

तर गत माघ २५ गते उनि उपचारको खोजिमा नारायणी वयोधा अस्पताल पुग्दा अर्थोपेडिक सर्जन डा. रंजन कुमार झाको टोलिले मेरुदण्डको नशा च्यापिएको र एक हड्डी भाँचेको पता लगाएका थिए । विकासको समस्या पता लागे पछी डा. झाको टोलिले उन्को मेरुदण्डको सफल शल्यक्रिया गरि भाँचेको हड्डीलाई स्थिर पार्दै च्यापिएको नसालाई दबाव मुक्त बनाएका थिए ।

विकासको सफल उपचार पछी फागुन ३ गते डिस्चार्ज भएको अस्पताल प्रशासनले बताएको छ । नारायणी वयोधा अस्पतालमा हाल जटिल भन्दा जटिल हड्डी र नसा सम्बन्धि समस्याको सफल शल्यक्रिया गर्नुका साथै हाडजोर्नी प्रत्यारोपन जस्ता विशिष्ट खालका शल्यक्रियाहरु हुन थालेका छन् । नयाँ र आधुनिक प्रविधि मार्फत यस्तो उपचार सेवा दिने नारायणी वयोधा अस्पताल प्रदेश नं २ कै पहिलो अस्पताल हो ।

Back to top