×

 

बिरगञ्ज ४ चैत । कोरोना भाइरस सङ्क्रमण भए नभएको समयमैं परीक्षण गराउनुपर्छ भन्ने चेतना सर्वसाधारणमा अभिवृद्धि भएकोले स्वास्थ्य संस्थाहरूमा सेवाग्राहीको भीड बढेको छ । जिल्लाका गाउँदेखि शहरसम्मका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य परीक्षण गराउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको स्वास्थ्कर्मीहरूले बताएका छन् ।

आप्mनो स्वास्थ्य अवस्थामा केही समस्या वा कोरोनबारे शङ्का लाग्यो कि शङ्का निवारण गर्न ओपिडी कक्षमा आउनेको भीड बढेको चिकित्सकहरूको भनाइ छ । यसअघि सामान्य रुघाखोकीमा औषधिपसलमा गई आपैंm औषधि किनेर खाने वा अटेर गरेर घर बस्नेहरू पनि अब स्वास्थ्य केन्द्रमा आउन थालेका स्वास्थ्यकर्मीहरूले बताए ।

नारायणी अस्पतालमा दैनिक बिरामीहरूको भीड बढेको चिकित्सक रामकिशोर सिंहले बताए । “मलाई कोरोनाको शङ्का लाग्यो चेक गरिदिनुस् भनेर अस्पताल आउनेहरू पनि धेरै छन्,” डा सिंहले भने । अहिले सबैभन्दा बढी मेडिसिन वार्डमा भीड लाग्ने गरेको उनको भनाइ छ ।

हालसम्म नारायणीमा आएका बिरामीहरूमा कोरोनाको लक्षण फेला परेको छैन । प्रारम्भिक लक्षण हेर्दा नै सामान्य प््mलु वा रुघाखोकी तथा अरू नै रोग पत्ता लागेकाले सोहीअनुरूप उपचार गरिएको अर्का फिजिसियन डा राकेश तिवारीले बताए ।

शङ्का निवारणका लागि अस्पतालमा आउनु सकारात्मक भएको भन्दै डा तिवारीले हल्लाको पछाडि लागेर आत्तिनुभन्दा पनि कोरोनाविरुद्ध सावधानी अपनाउन जोड दिनुपर्ने बताए । जनतालाई जति सम्झाउँदा पनि नमान्ने, उपचार गराउन आउने व्यक्तिहरूले आपूmखुशी रगत, दिसापिसाब परीक्षण गर्नका लागि चिकित्सकलाई आग्रह गर्ने गरेको भन्दै उनले चिकित्सककहाँ आएपछि यसरी आत्तिनुनपर्ने बताए ।

शरीरमा स्वाभाविकरूपमा दैनिक आइरहने समस्याहरू धेरैजनालाई आपैंm पनि थाहा हुने भएकोले यसरी नआत्तिन चिकित्सकहरूले आग्रह गरेका छन् । मेडिसिन वार्डको लागि सोमवार ओपिडी टिकट कटाएका बिरामीहरूको सङ्ख्या धेरै भएपछि आधा जति बिरामी फिर्ता गएका नारायणी अस्पतालले जनाएको छ । पालोको अभावमा उपचार नपाएका बिरामीहरू केहीले चिकित्सकसँग अभद्र व्यवहारसमेत गरेको भन्दै चिकित्सकहरूले गुनासो गरेका छन् ।

चेकजाँच गराउनेहरूको सङ्ख्या यसैगरी बढ्दै गएमा चिकित्सक र उपचार कोठा पनि थप्ने तयारीमा नारायणी अस्पताल रहेको जनाइएको छ । कोरोना भाइरसको लक्षण, पहिचान र सावधानीबारे सर्वसाधारणलाई स्पष्ट पार्न गाउँटोलमा अभिमुखीकरण जरुरी रहेको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले बताएका छन् ।

समयमैं चिकित्सककहाँ गएर चेक गराउनुपर्छ भन्ने कुरा मात्र सर्वसाधारणले बुझेको हुँदा बाँकी कुराबारे पनि स्पष्ट पार्न जरुरी रहेको उनको भनाइ छ । साधन स्रोत र जनशक्ति अनुसार नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनमा आइसोलेशन वार्ड बनिसकेकोले कोरोना सङ्क्रमित बिरामी आएपनि उपचारमा खासै समस्या नहुने उनले बताए । साभार prateekdaily.com

Back to top