×

 

वीरगन्ज ४ चैत । कोरोना एक प्राकृतिक आपदाको रुपमा विश्व सामुने आएको महामारीबाट सबै मिलेर एक साथ लडन पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदिप यादवले अनुरोध गर्नुभएको छ ।

उहाले कोरोनाको बहानामा नेपाल भारतको सम्बन्धलाई बदनाम गराउन काम नगर्न अनुरोध गनुभएको छ ।उहाले नेपाल भारत बिचको सम्बन्ध रोटी बेटीको भएको बताउदै भारतीय सरकारले अरु देशहरुको बारेमा लागु गरेको निर्णयको बहानामा दुबै देशको सम्बन्धलाई बदनाम गराउने कार्य भइरहेकोमा त्यसप्रति सर्तक रहन तराइ वासीलाई अनुरोध गर्नुभएको छ ।

सांसद यादवले पुरा विश्वमै महामारीको रुपमा फैलीएका कारोनाबाट भारत नेपालका जनतालाई बचाउन र सजगता अपनाउन भारतको केन्द्रिय सरकारले गरेको निर्णयलाई उदृत गर्दै केहि संचार माध्यमहरुले फैलाउन खोजेको पेनिकबाट बच्न अनुरोध गर्नु भएको छ ।

नेपाललाई भातरले सबै भन्दा राम्रो मित्र छिमेकि राष्ट्रको रुपमा लिदै आएको सम्बन्ध रहेको छ । नेपाल भारत बिचको सदियो पुरानो बेटी रोटी संबंध, सांस्कृतिक संबंध, आर्थिक निर्भतालाई केहि कुत्वहरुले बदनामा गर्न खोजेको षडयन्त्रको क्रमिक करिको रुपमा कारोनाबाट उत्पन्न भएको समस्यालाई पुन प्रयोग गर्न थालिएकोमा सजगताका साथ कारोनाबाट लडन सिमाका जनताहरुलाई नेता यादवले अनुरोध गर्नुभएको छ ।

विश्मै अनौठो रहेको नेपाल भारतको सिमाको सम्बन्ध र मित्रलाईलाई समरण गराउदै उहाले नेपाल भारतका सिमाका जनता अहिले उत्पन्न भएको कोरोनाबाट सधै झै मिलेर सजगता र सर्तकताका साथ समाधान गर्नुे उहको विश्वास रहेको छ ।

Back to top