×

 

वीरगंज ३ चैत । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले वीरगंज महानगरमा लामखुट्टे मार्ने औषधी छर्न वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीलाई आग्रह गरेका छन् ।

गर्मी महिना सुरु भएसंगै वीरगंजमा लामखुट्टेको बिगबिगी बढेर महानगरवासीको जनजिवन नै अस्तव्यस्त बनेको गुनासो आएपछि सोमबार मेयर सरावगीलाई समाजवादी पार्टीका सांसद यादवले यथाशिघ्र लामखुट्टे मार्ने औषधी छर्कन आग्रह गरेका हुन् ।

अहिले विश्वभरी नै फैलिरहेको कोरोनाको महामारीकोका कारण नागरिक त्रसीत भइरहेका बेला महानगरमा लामखुट्टेको बिगबिगीले डेंगु मलेरीया जस्ता प्रकोप बढ्न सक्ने भन्दै महानगरवासी चिन्तित भएको भन्दै सांसद यादवले लामखुट्टेको टोकाईले फैलिने महामारी पूर्व नै सजग र सचेत रहन उपाय अपनाई वीरगंज महानगर क्षेत्रमा लामखुट्टे मार्ने औषधी छर्न मेयर सरावगीको ध्यानाकर्षण गराएका हुन् ।

यस अघि गर्मीयाम सुरु भएको बेला पनि वीरगंज महानगरले लामखुट्टे मार्ने औषधि छर्ने काम गरेको भएपनि अहिले भने नगरक्षेत्रमा लामखुट्टे मार्ने औषधि नछरिएकोले सांसद यादवले वीरगंजबासीको समस्यालाई बुझ्दै मेयर सरावगीलाई लामखुट्टे मार्ने औषधि छर्न आग्रह गरेका हुन् ।

डेंगु मेलरीया जस्ता रोगबाट बच्न बिशेष सरसफाईमा ध्यान दिई जथाभावी फोहोर नफाली आफ्नो वरपर भएको खाल्डाखुल्डी पुर्न र झुलको प्रयोग गरि मात्रै सुत्नु नगरबासीसंग पनि सांसद यादवले अपिल गरेका छन् ।

Back to top