×

 

वीरगन्ज ३ चैत । एनएमबि बैंकको वीरगन्ज शाखामा एनएमबि सहारा बचत खाता खोली कारोबार गर्दै आउनु भएका प्रकाशमान श्रेष्ठको बोन म्यारो प्रत्यारोपण गरेकोमा एनएमबि बैंकमा सहारा बचत खाता खोली कारोबार गर्दै आएकोेले बैंकले स्वास्थ उपचार बिमा सुबिधा बापत ४ लाख ३६ हजार श्रेष्ठलाई हरुतान्तरण गरेको छ ।

बैंकका प्रदेश २ का प्रमुख राजेश तिम्सना र वीरगन्ज बंैकका शाखा प्रमुख दिपेन्द्र मिश्रले संयुक्त रुपमा श्रेष्ठलाई स्वास्थ्य बिमावापतको रकम ४ लाख ३६ हजार हरुतान्तरण गरेका हुन ।

एनएमबि बैंकको उक्त खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलागने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ उपचार बिमा सुबिधा रहेको वीरगन्ज बैंकका शाखा प्रमुख दिपेन्द्र मिश्रले बताए ।

Back to top