×

 

वीरगंज १ चैत्र । स्व.गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आज एक भव्य समारोहका बिच नगर वडा कार्य समितिको चयन गरेको छ । जिल्ला कार्य समितिको निर्धारित कार्यतालिका र्निणय अनुसार शनिबार वीरगंज महानगरपालिकाको वडा नं ३ छपकैयामा फाउण्डेशनको वडा कार्य समिति गठन गरिएको हो ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन वडा कार्य समितिलाई बधाई ज्ञापन गर्दै र्कायक्रमका विशिष्ठ अतिथि प्रकास उपाध्यायले गिरिजा प्रसाद कोईरालाको नेपालमा योग्दान बारे नवगठित कार्य समितिका युवाहरुलाई प्रेरित गर्दै जसरी पुर्व प्रधान मन्त्रि स्व गिरिजा प्रसाद कोईरालाले व्यतिmगत फाईदा वा स्वार्थ नहेरी देश र जनताका लागि लडिरहे समितिले पनि समाजिक कुरिती तथा विसंगतिशरुको विरुद्ध लागि रहन आग्रह गरेका थिए ।

त्यस्तै अर्को प्रसंगमा कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाल रेडक्रस सोसाईटि तथा नेपाली काग्रेंस पर्साका नेता श्याम कुमार पाखे्रलले समाजिक कार्यमा नवनिर्वाचित समितिले अग्रर्सता लिदै जाने विश्वास रहेको बताए भने कार्य समितिलाई समाजिक कार्य गर्नलाई केही सहयोग चाहिएमा रेडक्रस तत्पर रहेको अश्वासन दिलाएका थिए ।

सदिप कुमार केवटको संयोजकत्वमा १३ सदस्यि वडा समितिका चयन भएको छ ।समितिको सह संयोजक भाग्यनाराण महतो ,सचिव समि हवारी, सह सचिव सुल्तान अंसारी, कोषाध्यक्ष नुरेनबी अंसारी रहेका छन भने सदस्यमा लक्षमण पडिंत,अवद्ध बिहारी पाण्डे,इरसाद अंसारी, नुरुल हक, अजयलाल यादव, राहुल राय भट,नेजामुदिन हवारी र श्याम लाल दास रहेका छन ।

कार्यक्रममा विशिष्ट अतिथि तराई यातायात व्यवसाई संघका वरिष्ट उपाध्यक्ष हाजी सोहेल अंसारी,मदर्शा बरकतुल उलुमका अध्यक्ष रेयाज अहमद अंसारी,मुस्लिम समाजका अगुवा शेर महम्मद मंसुरी, नेपाली काग्रेसका बडा बुथ कार्य समिति ३ का सभापति शेख नेजामुदिन, पशुपति आदर्श क्लबका संतोष गुप्ता, प्राध्यापक रुदल ठाकुर, फाउण्डेशनका नगर अध्यक्ष अकाश चौहान प्रस युनियन पर्साका सचिव लालकिशोर सिंह उपस्थित रहेका थिए ।

फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा सम्पन्न भएको र्कायक्रममा फाउण्डेशन पर्साका कार्य समितिका पदाधिकारीहरु तथा वीरगंज महानगर पालिका वडा नं ३ छपकैयावासिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Back to top