वीरगन्ज २८ फागुन । प्रेस लेखेको मोटरसाइकलमा लागूऔषध कारोबार गर्ने एक भारतीय नागरिकसहित दुईजना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय सिमरा बाराको प्रहरी टोलीले भारी मात्रामा लागूऔषधसहित वीरगन्ज–१५ भिस्वाका जितेन्द्र कुमार सिह र भारत बिहार बस्ने २२ बर्षको नासिर आलमउलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाईजेपाम ३०० पिस, नुफिन ३०० पिस, फेनारगन ३०० पिस गरी जम्मा ९०० पिस इन्जेक्सन बरामद गरेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडी बाटोमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रेस लेखिएको ना.६२ प ६२६७ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।
मोटरसाइकल चलाइ आएका सिंह र साइकलमा सवार आलम एकआपसमा शंकास्पद तरिकाले कुरा गरिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरि चेकजाच गर्दा लागूऔषध इन्जेक्सन बरामद भएको उनले बताए ।
प्रेस लेखिएको मोटरसाइकलमा झुन्ड्याइएको झोला भित्र लागूऔषध राखेर माथीबाट लसुन, प्याज लगायतको तरकारीले छोपी लुकाइ छिपाइ ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।