वीरगञ्ज – पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण प्रसाद रौनियारले ११०औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सांसद रौनियारले आज(आईतबार) एक विज्ञप्ती जारी गर्दै महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्याउने छ विश्वास लिनुभएको छ ।
“हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक सामाजिक महिला हिंसा पनि हो । यसले दिवसले सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन सहयोग पुग्ने मैले विश्वास लिएको छु” – विज्ञप्तीमा भनिएको छ ।
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको अवस्था सवैखाले हिंसा रोक्न लाग्नुपर्ने उल्लेख गरिएको छ ।
सबै महिलाको हक अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन सवैलाई अनुरोध समेत गर्नुभएको छ ।