×

वीरगञ्ज - राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय विद्यार्थी संघ पर्साको होली मिलन समारोह सम्पन्न भएको छ । वीरगञ्ज छपकैयास्थित संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसियाको निजि निवासमा आयोजित समारोह विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्ति, विद्यार्थी नेता, समाज सेवी, पत्रकार, स्थानीयलगयातले सद्भाव र प्रेमको पर्व होलीको शुभकामाना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै संघका जिल्ला अध्यक्ष चौरसियाले होली असत्य माथि सत्यको विजयको पर्व भएकोले सबैलाई अत्यालाई त्यागि सत्यको बाटोमा हिड्नु पर्ने बताए । उनले होली पर्वले मधेसी समाजको सुन्दर र प्रवल पक्ष दर्साउने बताए । चौरसियाले होली संग संगै विश्वमा कोरोनाको त्रास बढेकोले सचेत रही होली खेल्न सबैमा आग्रह समेत गरे ।

कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष सुमित चौरसिया, सचिव राम गोसाई, जहिर आलम, गौरीशंकर यादव, ओमप्रकाश साह, राम सुन्दर पण्डित, अफ्रोज आलम, पुनिल दास, रंजय कुशवाह, नरेन कुशवाह, नरेन महता, स्थानीय कलाकार सद्दाम हुस्सेन, प्रभात यादवलगयातले शुभकामना मन्तव्य राखेका थिए ।

Back to top