वीरगञ्ज - होलि पर्वको अवसरमा न्यु टाइगर क्लब गहवाद्वारा होलि मिलन समारोह कार्यक्रमको आयोजना गरिएको छ । क्लबले होलीको शुभकामना आदानप्रदान गर्न र प्रेम र सद्भावको सन्देश दिन क्लबले होली मिलन समारोह आयोजना गर्ने गरेको छ ।
क्लबका अध्यक्ष मनिष प्रजापतिको सभापतित्वामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकिशोर गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
वीरगञ्ज - ८ गहवा स्थित माइस्थान इन्दुलेखा निम्न माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उपस्थित सबैले एक अर्कालाई टिका लगाई होलीको शुभकामना साटेका थिए ।
कार्यक्रममा स्थानीय प्रेम गुप्ता, बिरेन्द्र गुप्ता, ललन चौरसिया, देवानन्द प्रसाद कलवारलगयातको उपस्थिति रहेको थियो ।