×

बिरगंज २४ फागुन । ग्रीनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले आज वीरगञ्जको मकालु चोकमा स्पिड ब्रेकर जडान गरेको छ ।

 

तिव्र गतिमा चल्ने सवारी साधनलाई गति सिमित गर्न र बढीरहेको दुर्घटनालाई नियन्त्रण गर्ने अभिप्रायले आधुनिक स्पिड ब्रेकर जडान गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो । समाजसेवामा अग्रसर रहने पवन कुमार रुंगटाको सहयोगमा उक्त ब्रेकर जडान गरिएको हो ।

सो अवसरमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु, वीरगञ्ज युथ राउण्ड टेवल १३, ग्रीनसिटि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सक्रिय सहभागिता रहेको थियो ।

ग्रीनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले यसअघि पनि ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम हरु गर्दै आएको छ ।

यसअघि आदर्शनगरको चोेकमा पनि सेवा केन्द्रले नै स्पिड ब्रेकर जडान गरेको थियो । विगतमा आदर्शनगर चोकमा जडान गरिएका ब्रेकरले दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

Back to top