×

 

वीरगञ्ज २३ फागुन । राजपा नेपाल पर्साको आयोजनामा होलि मिलन समारोह सम्पन्न । राष्ट्रिय जनता पार्टी नेपाल पर्साका अध्यक्ष राजेशमान सिंहको अध्यक्षतामा होलि मिलन कार्यक्रम सम्पन्न भएको हो ।

हरेक बर्ष मनाउदै आईरहेको हिन्दुहरुको महान चार्ड होलि पर्व यसपाली पनि धुमधामका साथ मनाईएको छ । बिरगञ्ंजको आदर्शनगरस्थित स्विमिङ्ग पुल परिसरमा आयोजित होलि मिलन कार्यक्रममा विभिन्न राजनैतिक दल , संघ सस्था , बुद्धिजिवि , युवाहरु सन्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बिश्वमा कोरोना भाईरसको त्रासले गर्दा गलत अफवाह फैलिएको सन्दर्भमा कुनै कार्यक्रम र होलि कार्यक्रम नगर्न र भिडभाड हुने कुनै कार्यक्रम नगर्न र नगराउन प्रशासनले रोक लगाए पनि विभिन्न राजनैतिक दल , संघ सस्था र सन्चारमाध्यमहरुले शुक्रबार होलि मिलन कार्यक्रम गरि सदभाव , आपसि भाईचारा , दीर्घकालिन प्रेमभाव र सदियौंदेखी मनाउदै आईरहेको होलिलाई निरन्तरता दिएको राजपा जिल्ला अध्यक्ष राजेशमान सिंहले बताए ।

कार्यक्रममा बिरगंज महानगर पालिकाका पुर्व उपमेयरका उमेदवार रम्भा मिश्रा , मुन्नी श्रीवास्तव , प्रेमबाबु पटेल , नगरका पदाधिकारीहरु र युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सो कार्यक्रममा सास्कृतिक कार्यक्रम र नृत्य समेत प्रदर्शन गरेको थियो ।

Back to top