वीरगंज २३ फागुन । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा आगो लागेको छ । स्थानीय भरत राउतको घरबाट लागेको आगो फैलिएर ३ जनाको ४ वटा छाप्रोको घर पूर्ण रुपले जलेको छ ।
बिधुत सर्टसर्किट भई आज दिउसो करिब १२ः४८मा आगो लागेको स्थानीयले बताएका छन् । स्थानीयको प्रयासको बाबजुद पनि आगो नियन्त्रण नहुँदा पोखरियाको दमकलको प्रयासले करिब ०१ः १२ मा आगो नियन्त्रण भएको हो ।
आगो नियन्त्रण गर्न विभिन्न नागरिक समाजका व्यक्ति, प्रहरी प्रशासन पुगेका थिए । आगोले भरत राउत, रामायण ठाकुर, शिवबालक राउतको २ वटा गरि ४ वटा घरमा रहेको कपडा लाता, धान, गहु, गरगहना र घर गरि अनुमानित रु १० लाख मुल्य बराबरको बस्तुहरुको क्षति भएको स्थानीय शिव कुमार साहले जानकारी दिए ।