×

 

वीरगन्ज २३ फागुन । चीनको वुहानबाट डिसम्बरको अन्तिम साता शुरू भएको कोरोना भाइरसको त्रास अहिले विश्वका ७० भन्दा बढी मुलुकमा पैmलिसकेको छ ।

यसैक्रममा छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दुई दर्जनभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको पोजिटिभ सङ्क्रमण फेला परेको अवस्थामा नेपालको मुख्य भन्सार नाका आर्थिक नगरी वीरगंजमा यो रोगको बिरामी भित्रिने सम्भावना उच्च रहेको बेला वीरगंजमा अहिले नाक, मुख छोप्न लगाइने मास्कको हाहाकार भएको छ ।

यहाँका औषधिपसलदेखि सर्जिकल स्टोर्स र अस्पतालमा समेत मास्कको कृत्रिम अभाव सृजना भएको सर्वसाधारणहरूको गुनासो छ । रु ५ पर्ने सर्जिकल मास्क ५० रुपैयाँमा पनि भेट्न गा¥हो भएको र करीब ४ सय रुपैयाँ पर्ने N-90f\ N-95 मास्क दुई हजार रुपैयाँमा पनि भेट्न गा¥हो भएको नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले बताए ।

उनले केही दिनपहिले मास्क खरीद गर्ने एउटा विदेशी टोली वीरगंजमा देखिएको र उनीहरूले मास्क खरीद गरी लगेको बताए । सोपश्चात् भएका मास्क पनि पसलेहरूले अभाव सृजना गरी सर्वसाधारणले पाउन गा¥हो परेको बताए ।

मास्कको अभाव भइरहेको अवस्थामा कपडाको मास्क मेशिनमा सिलाएर पनि प्रयोग गर्न सकिने र मास्क नभएको अवस्थामा रूमालको अत्यधिक प्रयोग गर्ने, हाच्छ्यूँ आउँदा रूमाल अथवा हातले मुख छोप्ने वा हातको कुहिनाको भागले नाक छोपेर खोक्दा मास्कको आवश्यकता नपर्ने र कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिने उनको भनाइ छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने, बाहिरबाट घर प्रवेश गर्दा साबुन पानी वा सेनेटाइजरले हातमुख धुनुपर्ने, भीडभाड भएको ठाउँमा नजाने, होलीमिलन कार्यक्रम, सभा–सम्मेलनलगायतका कार्यक्रमहरू बहिष्कार गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण देखिएको देखिएको छैन ।

Back to top