×

 

वीरगंज, २२ फागुन । वीरगंजबाट प्रकाशित दैनिक पत्र-पत्रिकाका सम्पादकहरुको भेलाबाट “दैनिक पत्र-पत्रिका सम्पादक समाज पर्सा“ गठन भएको भनिएको प्रति सहारा दैनिकका सह सम्पादक नरेश सरार्फले गम्भिर ध्यान आकर्षण भएको जनाएका छन् ।

उनले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन २१ गते बुधबार संचार माध्यमबाट थाह पाउदा सो समितिको सदस्यमा आफु पनि नाम रहेको देखेर आश्चर्य लागेको वताएका छन् । मेरो कुनै जानकारी र उपस्थित बेगर समितिमा नाम राखिएको प्रति मेरो गम्भिर आपती रहेको समेत उनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

आफ्नो निहित स्वार्थ पुर्तिको लागि गठन गरिएको सो समाज गठनले वीरगंजको दैनिक पत्र(पत्रिकाहरुका लागि कुनै अनुकर्णिय काम हुन नसक्ने र समाजको नाममा सिमित व्यक्तिले आफ्नो अधि पात्य स्थापित गर्ने उद्देश्यले गठन गरिएको अनुभुति मलाई भएकोले उक्त समिति संग मेरो कुनै सरोकार नरहेको सम्बन्धित सबैको जानकारीको राउन चाहेको सरार्फद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यसै गरि दैनिक पत्र-पत्रिका सम्पादक समाज पर्सा को तदर्थ समिति प्रति सम्पादक पाण्डेको आपती

वीरगंजबाट प्रकाशित दैनिक पत्र-पत्रिकाका कथित सम्पादक भनिएको भेलाले दैनिक पत्र-पत्रिका सम्पादक समाज पर्सा तदर्थ समिति गठन गरेको कुरा प्रति सर्वेक्षण दैनिकका सम्पादक किरण राज पाण्डेले आपती जनाउनु भएको छ ।

उंहाले मिति २०७६-११-२१ गतेको संचार माध्यमबाट आफुलाई पनि सलाहकारमा राखेको थाहा पाउदा आश्चर्य लागेको आज एक प्रेस विज्ञप्ती जारी गर्दै जनाउनु भयो । सो प्रेस विज्ञप्तीमा सम्पादक भन्नाले कुनै पनि पत्रिकामा सम्पादकिय लेख्ने क्षमता सहित पत्रिकामा सम्पादक भन्ने जनाएको हुनु पर्ने र त्यस्तै सम्पादक भन्नाले जिल्ला प्रशासन कार्यालय र सुचना विभागको तथ्यांकमा सम्पादक उल्लेख भएको व्यक्तिलाई जनाउँछ उल्लेख छ ।

तर यहाँ योग्य रहेका सम्पादकहरुलाई मानमर्दन हुने गरी जिल्ला प्रशासन र सुचना विभागको तथ्यांकमा नरहेका व्यक्तिहरुलाई समेटी आफ्नो निहित स्वार्थ पुर्तिको लागि गरिएको सो समाज गठन प्रति घोर आपती जनाउदै उनले सो समाजको सलाहकारमा आफुलाई जानकारी समेत नगराई आफै मनपरी तरिकाले आफ्नो नाम समेत राखिएकोमा सो समाज संग आफ्नो कुनै सरोकार नरहेको सम्पादक पाण्डेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।

Back to top