×

 

वीरगन्ज २२ फागुन । इलाका प्रहरी कार्यालय भैंसेबाट खटिएको प्रहरी टोलीले अबैध भारतीय नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ भैंसेबाट भारत बिहारको मोतिहारी ग्राम किसमपुर थाना पिपराकोठी बस्ने २४ वर्षीय निरज कुमार जैसवाललाई नियन्त्रणमा लिएको हो ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३३५१ नं. को यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार जैसवालको साथबाट १ लाख ८३ हजार ४ सय ८० भारतिय रुपैयाँ र २ लाख २० हजार २ सय २५ नेपाली रुपैयाँ फेला परेपछि निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नुभएका जैसवाललाई बरामद नोटसहित थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि पथलैया बारा पठाईएको प्रहरी जनाइएको छ ।

Back to top