×

 

वीरगन्ज २२ फागुन । कन्सेप्ट फर्मास्युटिकल्स लिमिटेड भारत औराङ्गाबाद बाट उत्पादित औषधी आईबुकन प्लस गुणस्तरहीन फेला परेको छ ।

भारतमा उत्पादित सो औषधीको सुपर डिस्ट्रब्यूटर वीरगंज आदर्शनगर निवासी राहुल खण्डेवाल रहेका छन् । बच्चाको ज्वरोमा लाग्ने आईबुकन प्लस ६० एमएलको सिरफमा फङ्गस पाईएकोले गुणस्तरहीन प्रमाणित भएको हो ।

औषधी माफियाको रुपमा परिचित सुपर डिस्ट्रब्यूटर राहुल खण्डेवालले विक्री वितरण गर्दै आएको आईबुकन प्लसको ब्याच नं. C70007 रहेको छ भने सो सिरफमा एक्सपायर डेट 11-2020 उल्लेख छ ।

आइबुकन औषधीको कारण एक ७ महिनाको शिशुले करिब एक हप्ता सम्म मृत्यु संग जुधेकाे शिशुका आफन्त संचारकर्मी जितेन्द्र कुमारले वताए ।

सो औषधीको बारेमा केही दिन पहिला संचारमाध्यमले सार्वजनिक गरे पनि हाल सम्म नियमनकारी निकायले कुनै किसिमको कारवाही अगाडी नबढाउदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

Back to top