वीरगन्ज १४ फागुन । भारतीय महावाणिज्यदूताबास बीरगन्जको आयोजनामा आज स्थानीय होटल भिसुवामा २०२० र २१ का लागि आएको भारतको युनियन बजेटले नेपाली आयत निर्यात निबेदकर्ताहरुका लागि निम्त्याएको अवसर बिषयक गोष्ठी समपन्न भएको छ ।
महावाणिज्यदूताबाँस बीरगन्जक कन्सुलर नितेश कुमारको अध्यक्षता तथा प्रदेश नम्बर २ का उधोग तथा पर्यटन मन्त्री राम नरेशराय यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम समपन्न भएको थियो ।
मन्त्री यादवले नेपाल र भारत बीच आर्थिक ब्यापारी प्राकृतिक सम्बन्ध राम्रो हुनु पर्ने बताएका छन् । नेपाल भारत सदीयौंदेखि रोटी बेटी भाषा सास्कृतिक उस्तै भएकोले यसलाई थप मजबुत बनाएर जानु पर्ने मन्त्री यादवको भनाइ रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, नेपाल भारत मन्चका अध्यक्ष अशोक बैध,े कन्सुलर डा कोटराज स्वामी, कन्सुलर सुरेश कुमार, बीरगन्ज कलेजका डाक्टर दिपेन्द्र चौधरी, बीरगन्ज उधोग वाणिज्य सघका महासचिव माधबराज पाल, प्रध्यापक विनोद गुता, रमेश अग्रबवाल लगायतले आ,आफ्नो धारणा राख्न भएको थियो । कार्यक्रमको सहजिकरण विवेक कर्णले गरेका थिए ।