चौधरीलाई सो नगरपालिकाको वडा नं. ५ मा मोटरसाइकल बिक्री गर्न आएको बेला ३ वटा मोटरसाइकलसहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
चौधरीको साथबाट बा ३७ प ९६८१ नं.को २२० सि.सि.को कालो रंगको पल्सर मोटरसाईकल १ वटा, ग १० प ९६०७ नं.को २०० सि.सि.को सेतो रंगको पल्सर एन एस मोटरसाईकल १ वटा र ना ५२ प ४३८८ नं.को २०० सि.सि.को सेतो रंगको पल्सर एन एस मोटरसाईकल १ वटा गरी जम्मा ३ वटा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
चौधरीलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान पक्रिया अघि बढाइएको र उक्त चोरी कार्यमा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजतलास भईरहेको बारा प्रहरीले जानकारी दिएको छ ।