×

 

वीरगंञ्ज, ११ फागुन । फागुन १७ गते वीरगंजमा हुने वीरगंज म्याराथन २०७६ को सम्पुर्ण तयारी पुरा भएको छ । आज वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा आयोजकले पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

प्रतियोगिता नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा बीरगंज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगंज उद्योग बाणिज्य संघको सहआयोजनामा वीरगञ्ंज म्याराथन हुन लागेको वीरगंजका मेयर बिजय सरावगीले बताऐ ।

एकताको लागि दौड र स्वच्छ देश—स्वस्थ्य मधेश, भन्ने मुल नाराकासाथ हुन लागेको म्याराथनमा ६ हजार भन्दा बढिको सहभागिता हुने छ । प्रतियोगितामा सहभागि मध्ये चार हजार एक सय जनालाई निःशुल्क रुपमा टिसर्ट र क्याप बितरण गरिने सेनाका जरनल अनुपजंग थापाले बताऐ ।

प्रतियोगिता संचालनको लागि करिव ७५ लाख खर्च हुने आयोजकले जनाएको छ । सो अवसरमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, महासचिव माधव राजपाल, नेपाल पत्रकार महासंघ पर्साक अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो ।

Back to top