वीरगन्ज १ माघ । २ करोड रुपैया दिएर केपी स्र्वण कला केन्द्रका संचालक कन्हैया सोनार पर्सा जिल्ला अदातलबाट बिचौलियाको माध्यमबाट साधारण तारीखमा रिहा हुने बीरगंजको सोनार समाजमा ब्यपाक चर्चा चलेको छ ।
अबैध हुण्डीको रकम र चांदी सहित बीरगंजको मेनरोडबाट प्रकाउ परेका ८ जना माथी पर्सा प्रहरीले १ अर्ब २८ करोड, ४३ लाख, ३९ हजार, ७ सय, २३ रुपैयाको बिगो दाबी गर्दे पर्सा जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।
बीरगंज महनगरपालिका मेनरोड स्थित रहेको केपी स्र्वण कला केन्द्रमा जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा अबैध हुण्डी र चांदीको कारोवार भईरहेको जानकारी आएपछि पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको प्रहरीटोलीले गत आषाढ ९ केपी स्र्वण कला केन्द्रमा छापामारी गर्दा श्रोत खुल्न नसकेको ४२ लाख रुपैया र २ किलो चांदी सहित ७ जनालाई प्रकाउ गरेको थियो ।
केपी स्र्वण कला केन्द्रका संचालक कन्हैया सोनार भने हाल सम्म फरार रहेका छन फरार रहेका स्र्वणकला केन्द्रका संचालक कन्हैया साहले पर्सा जिल्लाको अदातलमा बिचौलियाको माध्यमबाट चलखेल गरीरहेको उनका सहक्रमी एक सोनारले बताएका छन ।
प्रहरी अदालतमा मुद्धा पेश गरीसकेयो अब रकमको बलमा साधारण तारीखमा रिहा हुन्छु प्रहरीको सुचाीमा फरार रहेका कन्हैया साह सोनारले रवाफ दिन्दै हिड्को उनक निकटम ब्यतिmले नाम नछाप्ने शर्तमा जनाएका छन ।
जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले कन्हैया सोनार सहित ८ जना माथी १ अर्ब २८ करोड, ४३ लाख, ३९ हजार, ७ सय २३ रुपैया बिगो दाबी गरेपनि कन्हैया सोनारमा परिवारजनहरुले पर्सा जिल्ला अदालतमा २ करोड रुपैया दिएर कुराकानी मिलीसकेको अब छिटै कन्हैया सोनार अदालतमा हाजीर हुने बीरगंजको सोनारमा समाजमा ब्यपाक चर्चा चलेको छ ।
हाल पर्सा प्रहरीले हुण्डीको कारोवारमा संकलग्न रहेका रौतहट चन्द्रपुर वडा नं ७ बस्ने राजकपुर साह, भारत मोतीहारी बस्ने सुनील साह, बीरगंज महानगरपालिका ६ बस्ने राकेश सिंह, भारत मोतीहारी बस्ने गुलाब साह लगायत ब्यतिmहरु प्रहरी हिारतमा रहेका छन । यस सम्बन्धमा कन्हैयाका परिवारजनहरु बुझन खोज्दा सम्र्पक आउन चाहेनन ।