×

वीरगञ्ज ६ असोज । बाराकाे कलैयाबाट अवैध किराना र कस्मेटिकका सामान नियन्त्रणमा लिइएकाे छ ।

कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वाबाट प्रहरीले करिब २५ हजार मुल्य बराबरकाे अवैध सामान नियन्त्रणमा लिएकाे हाे ।

भारतबाट नेपालतर्फ अवैध रूपमा पैठारी गरिरहेकाे अवस्थामा प्रहरी चाैकी मटिअर्वाबाट खटिएकाे प्रहरी नायब निरीक्षक अशाेक कुमार कुर्मीकाे टाेलिले साेमबार अवैध सामान नियन्त्रणमा लिएकाे जनाइएकाे छ ।

प्रहरीलाइ देख्नासाथ तस्करहरूकाे टाेलि फरार भएकाे थियाे । घट्नाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Back to top