×

वीरगञ्ज ३ असोज । वीरगञ्ज महानगरपालिका वडा नं. ८ मा खट्ने सरसफाई कर्मचारीहरु सम्मानित भएका छन् । स्थानीय नेता राजुदीन बाबुले कोरोना महामारीको समयमापनि दिन रात खटेर ज्यानलाई जोखिममा राख्दै सेवा गर्ने सरसफाई कर्मचारीहरुलाई सम्मानित गरेका हुन् ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका नेता बाबुले आफ्नो निवी जिवासमा बोलाएर उनीहरुलाई सम्मानित गरेका हुन् । उनले यसअघिपनि कर्मचारीहरुलाई खाद्यान्नदेखि लतकपडा समेत सहयोग गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका सरसफाई कर्मचारी नासु सरफुदिन हवारी, सुरेन्द्र राउत नाईके, वडाका अन्य समाजसेवी, बुद्धिजीवी, व्यापारिहरुलगायतका उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा शिवशंकर, जुमाई मिया, ललन चौरसिया, राजादिन बाबु, सोनु हवारी, बीरग बहादुर पटेल, असीन हवारी, हसन राजा, मारुफ राजा, मंजुर हवारी, गुलाम मुस्तफा, रफिक हवारी, अनवर हवारी लगायतले सहभागिता जनाएका थिए ।

Back to top