×

वीरगञ्ज ३० भदौँ । पर्साकाे पाेखरिया नगरपालिमा बुवाले छुरा प्रहार गर्दा छोराको ज्यान गएको छ ।

नगरपालिकाको वडा नम्बर ६ श्रीसियामा बुवा र छोराबीच विवादपछि बुवाले छुरा प्रहार गर्दा छोराको ज्यान गएको हो ।

स्थानिय ७० बर्षिय बुवा लक्ष्मी साह राैनियारकाे छुरा प्रहारले ३५ बर्षिय छाेरा माधाे साह राैनियारकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । छुरा प्रहार गर्ने बुवा लक्ष्मीलाई इलाका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे छ ।

छुरा प्रहारबाट गम्भिर घाइते माधाेलाई उपचारकाे लागि वीरगञ्ज ल्याउने क्रममा उनोक मृत्यु भएको इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

साेमबार सांझ सवा ७ बजे लक्ष्मिले छाेरा माधाेमाथी छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भि घाइते माधाेलाई सुरुमा उपचारकाे लागि पाेखरिया अस्पताल लगिएकाे थियाे । पाेखरिया अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्ज ल्याउँने क्रममा उनको मृत्यु भएकाे प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।

चक्कु प्रहार गर्ने लक्ष्मिलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेकाे सिंहले बताए ।

लक्ष्मीले रक्सी खाएर आएपछि भएकाे भनाभनकाे क्रममा छाेरा माधाेमाथी चक्कु प्रहार गरेकाे स्थानियहरुले वताएका छन् ।

Back to top