×

वीरगञ्ज १८ भदौं । वीरगञ्ज जेसिसको "चुल्हो नबलेको घरको चुल्हो बाल्ने अभियान" आज छैठो दिनपनि जारी रहेको छ ।

निषेधाज्ञाका कारण प्रभावित भएका गरिव तथा अतिविपन्न परिवारको घरमा चुल्हो बाल्ने अभियान अन्तर्गत आज छैठो दिनपनि वीरगञ्ज जेसिसले ४३ परिवारलाई राहत वितरण गरेको छ ।

जेसिसले नगरका विभिन्न स्थानमा पुगेर पिडितहरुलाई चामल, दाल, नुन, तेल, सोयाबिनलगायतका सामग्रीहरु वितरण गरेको हो । पछिल्लो छ दिनमा संस्थाले ५ सय भन्दाबढी परिवारमा राहत वितरण गरेको जेसिसका मेडिया संयोजक कमरुल अनिसारीले जानकारी दिए ।

छैठो दिन संस्थाले जेलरोड, रेल्वेरोड, मिथिलानगर, घडियर्वा, राधेमाइ र मुर्लीलगायतका स्थानहरुमा घर-घरमा पुगेर राहत वितरण गरेको थियो ।

अन्सारीले निषेधाज्ञा खुकुलो भएर जनजीवन पुन: सहज नभएसम्म राहत वितरण कार्य संस्थाले जारी राख्ने बताए ।

वितरणमा जेसिसका अध्यक्ष मुकेस सिंह, पुर्व अध्यक्ष शेखर चौधरी, सदस्यहरु दिलिप ढुंगेल, रञ्जन राउतलगायातको सहभागिता रहेको थियो ।

Back to top