×

वीरगञ्ज ४ भदौ । दुई डीआईजीसहित नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको छ । जसमध्ये ४ सय ५७ जना सक्रिय संक्रमित छन् । २ सय ८४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत १ सय ६९ र उपत्यकाका ३८ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २९, प्रदेश २ मा ६२, वाग्मती प्रदेशमा ४८, गण्डकीमा ४३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ ।

Back to top