×

वीरगञ्ज ३० श्रावन । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष असप्ताल वीरगञ्ज हेल्थ केयर हस्पिटलबाट २८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

नारायणी अस्पतालले उपलब्ध गरिएको वीवरण अनुसार एक अढाई वर्षिय बालक र ३ महिलासहित २८ व्यक्ति कोरोनामुक्त भएर शुक्रबार साँझ घर फर्केका हुन् ।

संक्रमणमुक्त हुनेमा अन्नपूर्ण पोष्ट दैनिकमा पर्सा सम्बादात र नारायणी एफएमका स्टेसन म्यानेजर क्रान्ति साह पनि रहेको जनस्वास्थ्य कार्यालय पर्साका जयमोद ठाकुरले जानकारी दिए ।

आज डिस्चार्ज भएका मध्ये अधिक्तम वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा छन् भने तीन जना पर्साको सखुवा प्रसौनी गाउँपालिकाका रहेका छन् । त्यस्तै बारा जिल्लाको आदर्श कोत्वाल गाउँपालिकाका पनि एक जना डिस्चार्ज भएका छन् ।

संक्रमण मुक्त भएका हरुलाई अस्पतालका चिकित्सकले विधाई गरेका थिए ।

Back to top