×

वीरगञ्ज २८ श्रावन । पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय, सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई ललितपुर सरुवा गरिएको छ भने पर्सामा धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तमाङलाई खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै प्रजिअ र सहायक प्रजिअको सरुवा गरिएको नेकपा निकट नेताहरुले बताएपनि

वीरगञ्जबासीले महमारीका बेला पुराना कर्मचारीको ठाउँमा नयाँ आउँदा समस्या झनै बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय कोरोना संक्रमितसँगै मृतकको संख्या पनि दिनानुदिन बढिरहेकाले स्थानियमा थप त्रास बढेको छ ।

Back to top