×

वीरगञ्ज १५ श्रावन । वीरगञ्जको मुस्लिम समुदायले इस्लाम ध्मावलम्बीहरूको दोस्रो ठूलो पर्व ईद-उल-उजहा अर्थात बकरिदको नमाज आ-आफ्नो घरमा पढ्न सबैलाई अनुरोध गरेको छ ।

पछिल्लो समय पर्सा जिल्ला र आसपासका क्षेत्रमा बढेको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै आज मुस्लिम अगुवाहरूको बसेको बैठले यस्तो निर्णय गरेको हो ।

अन्जुमन ईस्लमिया मुरली वीरगञ्जमा आज बसेको बैठकले कोरोना महामारी सङ्क्रमण वीरगञ्जको समुदाय स्तरमा फैलिएको कारण शनिबार पर्ने ईद-उल-अजहाको नमाज मस्जिद तथा इदगाहमा नपढेर आ-आफ्नो परिवारसँग घरमा पढ्न सबैलाई अनुरोध गर्न निर्णय गरेको अन्जुमनका सचिव दाउद अन्सारीले जानकारी दिए ।

त्यसैगरि भोलिका दिन पारम्परिक रूपमा हुने कुर्बानिको मासुको एक भाग मस्जिदमा ल्याएर जम्मा गर्न अथवा कुर्बानी दिन नसकेका गरिबको घरमा लगेर दान दिन कार्य यस वर्ष स्थगित गर्ने निर्णय गरेको छ ।

Back to top