×

वीरगञ्ज ८ श्रावन । नेपाल कम्युशिष्ट पार्टीका युवा नेता यशवन्त यादवले संखुवा प्रसौनी गाँउपालिका दुई वडामा बिग्रेको बाटो मर्मत गराएका छन । वर्षायाममा पानि पर्दा हिलो जमेर आवाजजावतमा समस्या भएपछी नेता यादवले आफ्नो अगुवाईमा बाटो मर्मत गराएका हुन ।

गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले गर्नुपर्ने कार्य युवा नेता यादवले गरेपछी स्थानीय हर्सित भएका छन । वडाबाट निर्वाचित वडा अध्यक्ष लालबहादुर यादव र गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले बाटो बिग्रेर स्थानीयलाई सास्ती हुँदा समेत कुनै ध्यान दिएका थिएनन । बाटो बिग्रिंदा उक्त सडकमा सामान्य सवार साधन समेत सञ्चालनमा समस्या आएको थियो ।

निर्वाचित जनप्रतिनिधिहरु आफ्नो कर्तव्यबाट पछी हटेपछी युवा नेता यादवले स्वयम् आफ्नो निगरानीमा सडक मार्फत गर्न लगाएका छन् । 'निर्वाचित जनप्रतिनिधि गायब छन्, भ्रष्टचारमा व्यस्त छन्,' यादवले भने, 'उनीहरुको अनुपस्थितिमा मैले सडक मर्मत गर्न लगाएको हुँ, उनीहरुलाई लज्जाबोध गराउँन मैले यस्तो कदम उठाउँनु परेको हो ।'

गाउँपालिकाको वडा नम्बर ५ का केही भाग र वडा नम्बर ६ को बाटोको नेता यादव, एकाई समितिका राजकिशोर सहनी, अमिताभ साहलगायतको सहभागितामा मर्मत गरिएको हो । यादवले अगामी दिन जनप्रतिनिधिहरुले ममृत सम्भारका लागी यसतर्फ ध्यानाकर्षण गर्ने र समस्याका समाधान गर्नेपनि आग्रह गरेका छन ।

Back to top