×

वीरगञ्ज २३ असार । पर्सा जिल्लाको उतरी भेग अहिले अबैध लागु औषध गाँजा र चरेसको तस्करी हुने केन्द्रविन्दु बनेको छ ।

मकवानपुर मनहरी, लोथर धादिङमा उत्पादित लागू औसधि राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनजंगल भएर पर्साको ठोरी गाउँपालिकाको विजयबस्ती, ब्रह्मानगर, सिकारीबास, सुवर्णपुर लगाएतको स्थानमा भण्डारण गरेर सिमाको दस गजामा पर्ने सरेही नहर बगरको बाटो भएर भारततर्फ तस्करी भइरहेको स्थानीयले बताएका छन् ।

यसैगरी पर्साको पटेर्वा सुगौली गाउँपालिला वडा न १ सोनबर्शा, बैरिया, कंचनपुर, मलाहीटोल, गदियानी, मुजवानीटोल र वडा न ४ भतौडा, पटेर्वा, लगाएतका टोलहरुमा गाँजा भणडार गरि वडा न ५ देवरियामा लागुऔसध चापने मेसीनमा चापेर उक्त गाउँ बाट पश्चिम मोडटोल भएर जगरनाथपुर पान्डेपुर, जानकिटोला भएर भारततर्फ तस्करी हुने गरेको छ ।

विगतको तुलनामा विश्वभरी फैलिएको कोरोना भाईरस महामारीको र लकडाउनको समयमा बैशाख, जेठ र असारमा अँझ धेरै गाँजा चरेस निकासी भएको स्रोतले जनाएको छ ।

Back to top