×

वीरगञ्ज २३ असार । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले पर्साबाट सञ्चालित अनलाइन पत्रिकाका सञ्चालकहरुसँग छलफल गरेका छन् ।

मंगलबार महानगरको सभागृहमा आयोजित बैठकमा पर्साबाट सञ्चालित अनलाइन पत्रिका र मिडिया गृहहरुले महानगरको विकासमा सहकार्य र समन्वय गर्न आवश्यक रहेको महानगरका नगर प्रमुख सरावागीले बताएका थिए भने अनलाइनका सञ्चालकहरुले पत्र/पत्रिका जस्तै अनलाइनहरुलाई पनि विज्ञापन उपलब्ध गराउँनु पर्ने माग गरेका थिए ।

महानगरले पर्साबाट सञ्चालित अनलाइनहरुको विश्वसनीयता, प्रभावकारिता र निष्ठाको आधारमा मुल्याङ्कन गरेर पत्र/पत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको सरह अनालाइनहरुलाई पनि विज्ञापन उपलब्ध गराउनु पर्ने उनिहरुकाे माग थियाे ।

यसका साथै अनलाइन मिडियामा काम गर्ने सञ्चारकर्मीहरुकाे क्षमता अभिवृद्धिकाे लागि महानगरले प्रभावकारी ढङ्गले कार्यक्रमकाे आयाेजना गर्नु पर्ने सुझाव दिएका थिए ।

नगर प्रमुख सरावगीले सूचना प्रविधिको युगमा अनलाइन पत्रिकाहरुको महत्व बढ्दै गएको बताउँदै यसलाई थप प्रभावकारी र विश्वसनीयता बनाउँन तिर सञ्चालकहरुले ध्यान दिनुपर्ने धारणा राखेका थिए । 'आजको युगमा हात-हातमा मोबाइल छ, एक क्लिकमा समाचार पढ्न मिल्ने अवसर अनलाइन पत्रिकाहरुले जुराई दिएका अच्हन,' नगर प्रमुख सरावगीले भने, 'यसको महत्व धेरै छ र भविष्यपनि राम्रो छ तर अनलाइनलाई सुधृत गर्दै यसको विश्वसनीयता बढाउँने तिर सञ्चालकहरुको ध्यान केन्द्रित हुनपर्दछ ।'

कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीका प्रेस सल्लहाकार गोविन्द देवकाेटाले अनलाइन र महानगर विच समन्वय आवश्यक रहेको बताउँदै आउँने दिनहरुमा हात्तेमाल गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, उपाध्यक्ष केशी लामिक्षाने, पर्सा अध्यक्ष श्याम बन्जारालगायत अनलाइन सञ्चालक र प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।

Back to top