×

वीरगञ्ज १९ असार । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफनो २६ औ वाषिर्कोत्सवको अवसरमा पत्रकारहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको छ ।

शुक्रवार बैंक प्रांगणमा आयोजित एक कार्यक्रममा पर्साका ५० जना भन्दा बढी पर्सेली पत्रकारहरूलाई प्रेस ज्याकेट,सेनिटाइजर, माक्स, बैंककाे क्यालेन्डर र किरिङ्ग जस्ता समाग्री वितरण गरिएको थियो ।

समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कोरोना भाईरस रोकथामका लागी सदैब खटिरहेका खटीरहने क्रियाशील पत्रकारहरूलाई कोरोना भाईरस बाट बच्न् को निम्ति केही समाग्री वितरण गरिएको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड वीरगञ्ज शाखा प्रमुख रोशन भक्त श्रेष्ठले जानकारी दिए ।

सदैब खटिरहने पत्रकार साथीहरुलाई अति आवश्यक पर्ने माक्स, सेनिटाइजर, प्रेस ज्याकेट, क्यालेंडर लगाएत समाग्री वितरण गरिएको प्रमुख श्रेष्ठले बताए ।

अगामी दिनहरुमा पनि समाज प्रती को उत्तर दायित्व बोध गर्दै विभिन्न समाजिक सेवाका कार्यहरुमा सहयोग गरि रहने उनले बताए ।

Back to top