×

बिरगंज ८ असार । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र सामुदायिक प्रहरीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत कोरोना भाइरस दिन प्रती दिन संक्रमण बढ्दै गएको हुदा नेपाल सरकारले लकडाउन खुकुलो भएको अवस्थालाई मध्यनजर गरि बजारमा मानिसहरुको दिनहु बाक्लो उपस्थिति भएको कारणले भिडभाड नियन्त्रण गर्न प्रचार प्रसार गरेको छ ।

भिडभाड नियन्त्रण गर्न सामाजिक दुरी कायम गर्ने उद्देश्यले ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले आदर्शनगरको विभिन्न पसलमा आउने मानिसहरुमा संक्रमण नहोेस भनी सामाजिक दुरी कायम गर्न गराउन सर्कल रेखा बनाउने भनि बिरगंज महानगरपालिका वडा नम्बर १० स्थित आदर्शनगरको लोहारपट्टि चौक देखि ग्रीन सिटी चौक सम्म रहेका पसलेहरु र बजारहरुमा आउने मानिसहरु लाई कोरोना बाट कसरी जोगिने भने जनचेतनाको लागि पर्चा समेत बाडिएको थियो ।

कार्यक्रम ग्रीनसिटीका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमल राज पण्डित, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, आदर्शनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सुर्य नारायण चौधरी, रुङ्टा वेलफेर सोसाइटीका सुरेश रुङ्ग्टा, ब्यवस्थित बिरगंजका दिलिप राज कार्की, ग्रीनसिटीका संजय शर्मा, मुरली जलान, कबिता खेतान, ज्योति रुङ्ग्टा र समुदायिक प्रहरी को सहभागीता रहेको थियोे ।

Back to top